भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शङ्का लाग्न थालेको छ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आजकाल मलाई
शङ्का लाग्न थालेको छ, कि
जिन्दगीले मलाई
अर्कै किसिमले हेरेको छ ।

हो,
मलाई शङ्का लाग्न थालेको छ
आजकाल, कि
जिन्दगीले मलाई
मेरो राजनेताले मेरो देशलाई
हेरे जसरी हेर्दैछ ।

जिन्दगीले मलाई
चोइटाचोइटा पारेर
चोइटाचोइटा खाँदैंछ ।

मलाई
आशैआश देखाएर
क्षणक्षण मार्दैछ,
मलाई जिन्दगीले
मेरो राजनेताले
मेरो देशको स्याहार गरेझैं स्याहार गर्दैछ।
मलाई
क्षणक्षण क्षीण बनाउँदैछ
मेरा रोमरोम रुग्ण गराउँदैछ ।