भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शरणार्थी शिविरका बालक / वंशी श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

\यो राष्ट्रको भूभाग, शरणार्थी शिविर
शरणार्थी आमाहरू जन्माउँछन् बालबालिका ।

पछि, केही समयपछि एक जना बालक घोषणा गर्छ
म निर्वासित होइन, सर्वहारा पनि होइन,
कमैया वा सुकुम्बासी पनि होइन,
शरणार्थी शिविर मेरो जन्मथलो
तर भिक्षापात्र लिएर घुम्नेपनि होइन ।

भूगोलका सीमाबन्धका रक्षकहरू
उसलाई शिविर त्याग्न दिँदैनन्,
अनि ऊ प्रश्न गर्छः
यो राष्ट्रको संविधान,
वा कुन राष्ट्रको संविधानमा
राष्ट्र खोज्ने अधिकारको बन्देज छ ?
बिचरा–बबुरो नारा चर्काउँछ
अनि भाषण गर्छः मलाई राष्ट्र चाहिन्छ ।