भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
शहर / विमल गुरुङ
Kavita Kosh से
दिक्दार लागिरहेछ
समाचारपत्र हेर्न बाहिर निस्कने सुरसारमा छु
आज दिनभरि कोठामै बसियो
पढियो
सुतियो
कोरियो सयौं पटक सलाई
धुम्धुम्ती आज कोठामै बसियो
एकान्तसंग मितेरी गाँस्न निकै सार्हो परिरहेछ
दिक्दार लागिरहेछ
कोहि छैन मित्र ।