भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शुभकामना भरी / चाँदनी शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


शुभकामना भरी हरेक स्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शुभकामना भरी हरेक पलमा
तिम्रो जीवनमा सुवास छर्न सकुँ म

आँखाका दुई घडा प्रितले भरेको
हरेक गोधुँली अविशेष देओस्
श्रद्धा भक्ति विश्वास मायाले उनेको
हर शब्द यो मंगल माला बनोस्
शुभकामना भरी हरेक उशामा
तिम्रा विहानीहरू रंगाउन सकुँ म

मुटुको दियोमा सधैं बलिरहने
अखण्ड बत्ती पथप्रदर्शक रहोस्
सधुवाको सिउँदोमा झल्किरहने
सिंदुर झैं शुभ त्यो जीवन बनोस्
शुभकामना भरी हरेक सन्ध्यामा
तिम्रा साँझहरू सजाइदिन सकुँ म

शब्द – चाँदनी शाह
स्वर – तारादेवी
संगीत – नातीकाजी