शून्य समय / विधान आचार्य
१.
पानीका बूँदहरूको
बुइ चढेर बिहानीमा हाँसेको गुलाब
मेघका पिठ्यूँमा उक्लँदै
आँखा खोलेर मुस्कुराएका
मेरा खेत बारीहरू ।
२.
आकाशको भ¥याङ् हालेर
सूर्य चन्द्रलाई खेलाउने
मेरो घर
हिमालको टोपी लगाएर
एक रिकापी
बादलको खाजा लिएर बसेको छ ।
३.
बिहानीको घामका किरणले
नुहाएकी षोडशी
पानीका ओसमा
कपाल सुकाउँदै
आफैभित्र हेरेर
आल्हादित छे ।
४.
चरासित बातमार्दै
एउटा सानो बालक
सपनाकी परीसित
भाँडाकुटी खेलमा मस्त ।
५.
जूनले सोधेको
कसैलाई कतै
उसको उजेलाले त पोलेन ?
घाम,
पहार भएर चौरमा टाँस्सिएको
बदामका बोव्रmाहरूको कथा ।
६.
मन्दिरमा घण्टा बजेपछि
हतारहतार
आसनमा बसेका भगवान्
भक्तले कोचाएका ल।ूले
अजीर्ण भएर
किनारामा बसेका दीनहरूलाई
स्वयम्
प्रसाद बाँड्न बाहिर निस्केका ।
७.
मौन र नतमस्तक
एक मिनेटको अभिनय गरिरहेका
मानिसहरूको एउटा हूल
माथिबाट आँसू झार्दै गरेको
बिचरा सहिदको एउटा सालिक ।
८.
भाषाहीन,
सम्वेदनापूर्ण
समवेदनारहित
मूर्त म,
अमूर्तको खोजीमा
निरन्तर हिडिरहेको
अस्ति, हिजो हुँदै
आज
भोलि र पर्सिका
गोरेँटामा
चञ्चलताको स्थिरतामा ।
९.
रोकिएको घडी
ठीक यतिबेला,
शून्य समय ।