Last modified on 3 मई 2020, at 11:21

सगरको चिसो पानी धूलोमाथि खस्दा / गीता त्रिपाठी

सगरको चोखो पानी धूलोमाथि खस्दा खस्दा
छियाछिया भयो मुटु तिमीलाई कुरिबस्दा
 
कहाँ कता डाँडापारि भयो तिम्रो छाया
यहीँ कतै हृदयमा अल्झिरह्यो माया
वर्षातको झरीजस्तै थोपा थोपा बनी खस्दा
छियाछिया भयो मुटु तिमीलाई कुरिबस्दा
 
नजरलाई गोरेटोमा अल्झाएर राखेँ
कुरिबस्दा तिमीलाई जीवनदेखि थाकेँ
हराएर आफैँलाई तिमीलाई खोजी बस्दा
छियाछिया भयो मुटु तिमीलाई कुरिबस्दा