सङ्कोची पछ्यौरा / ज्योति गुरुप्रसाद / सुमन पोखरेल
सङ्कोचमा छु, आधा ढाकिएकी म
आँगनमा निस्किनका लागि!
तिमी, मेरो प्रिय
आउन सक्दैनौ भित्र
त्यसैले पर्खिराख
आँगनमै ।
म एकान्तको बारीमा खोजिरहनेछु।
कुनै दिन उठाउनेछौ तिमीले त्यो हराएको पछ्यौरा
जसले मलाई सम्पूर्णमा ढाकिदिनेछ
र आँगनमा देखापार्ने छ।
म तिम्रो गाम्भीर्यलाई नमन गर्नेछु,
र हात समातेर डोहोर्याउनेछु तिमीलाई
भित्री कोठातिर।
खाना खाने ठाउँ, भान्साकोठा र पूजाकोठा हुँदै
तिमीलाई मेरो प्रिय ठाउँ
मेरो बारीमा पुर्याउनेछु म ।
मनपरेको कुनै मन्त्र उच्चारण गरेर
एउटा बिरूवा रोप्नेछौ
र जानेछौ तिमी ।
निर्भय, कुनै बाधाबिना।
आधा ढाकिनुका दुर्बलताहरू मेटाउने औषधीमा
परिणत हुनसक्छ त्यो जादुमयी बिरुवा।
आँगनमा बसिरहेका स्थूलकायालाई
छरिता बनाउने बिन्दु हुनसक्छ ।
हतार गरेर दौडने छुइनँ म
आफ्नो लज्जालाई पखालेर।
बारीसम्म पुर्याउने छु म यस सतर्कतालाई
र पछ्यौरामा परिणत गर्नेछु
तिम्रा सामु देखापर्नका लागि ।