भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सङ्गीत / जनार्दन सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यहाँ मलाई दुःख रहेनछ उसलाई यही भनिदिनू
म छु मृत्युशय्यामा उसलाई यो बिन्ती छ नसुनाइदिनू
यो जुनिमा हाम्रो भेट' रहेछ आँसु र रगतले, हामीले किनिनसक्नु
यो सम्झना रहेछ बाक्लो बादलझै मरे पनि बिर्सिनसक्नु
अब अर्को जन्ममा उदाउला हाम्रो मिलनको पूर्ण चन्द्रमा
यही सम्झी बाँकी जीवन सुखी पारेर बस्नू-
मैले यही भनेको छु भनिदिनू ।

उसले मलाई सम्झन्छ ? भनी सोध्यो भने उल्ले बिर्सेको छैन भन्नू ।
कसको माया धेरै रहेछ यो सुन्न चाह्यो भने
मेरो भन्दा उसकै धेरै भनिदिनू ।
मलाई भेट्न उ आउन खोज्यो भने यहाँ
मेरो पता छैन, अन्त देशतिर घुम्न गएको छ यही वचन दिनू ।
म जल्द-जल्दै यही विछोटको आगोमा मर्न लागेको छु-
म आँसुको भिजेको हात जोडी भन्छु,
बिन्ती छ उसलाई यो नसुनाइदिनू ।
यहाँ मलाई दुःख रहेनछ उसलाई यही भनिदिनू ।
................................................
शारदा, १०।९-१०, पौष-माघ २००१