भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सज्जनवर्गका प्रति / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको!
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको!
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरपनि नकुल्च, भाइ! यो मेरो भिक्षा हो।
यो फलिजाओस्! यो फैलिजाओस्! वसन्त डाकन,
झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन!
नरम गररोस्, चरम-चुली उडाई पुर्यातओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टम्मराओस् डाँडाले दोहर्या्उन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो
झोपडीभित्र यसैले बालेस्, मनको दियालो;
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला?
पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीत धारा प्रथम छरर,
कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,
झर्नाको स्वर टिपेर कुर्लि प्रकृति गौरव,
तिनैका साथी नेपाली जाति घाम र पानीमा;
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा,
यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन,
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर,
झर्नाको शीतल शीकर उड्छ स्वरमा सिर्केर,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,
यो प्रकृत छन्द-बीचमा सुन्दर रमाउँछ नन्दन,
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे,
पहाडी वायुमण्डलको ध्वनि गोधुलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द
कविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,
जमीन यस्तो विशाल यहाँ न केही सह्यार,
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ।
मलाई सानो पातलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लून् जल बोल्ने थलोमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्व परी नेपाली कुर्लून्, प्रकृत टुनामा।
हृदयले नै डोर्यालई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन।
पेशाले बिग्र्योि कविको धर्म, शब्दले मम्र्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन्।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन! मलाई!