भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सडक र एम्बुलेन्स / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साइरन बजाउँदै
एम्बुलेन्स दौडिरहेको छ –
सडकमा !

अस्पताल कहाँ छ
एम्बुलेन्सलाई थाह छैन
एम्बुलेन्सलाई सिर्फ थाह छ –
भित्र सिटमा
समय सडकमा दुर्घटित
सख्त बिरामी सुतिरहेको छ
र उसलाई
यथासक्य चाँडो अस्पताल पुर्याउनु
अत्यन्त जरुरी छ

मान्छेहरु छिटो अझ छिटो
भत्किएको सडक मर्मत गर
र एम्बुलेन्सको लागि खाली गरिदेउ
यो सडक
यही सडकमा
साइरन बजाउँदै दौडिरहेको छ –
एम्बुलेन्स !

मेरो बिरामी देश बोकेर
सडकमा
एम्बुलेन्स दौडिरहेको छ !