भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सत्य / पूर्ण वैद्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सत्य ।
पानीको एउटा समुद्र हो।
मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार
त्यसलाई भरिलिन्छन्

अनि, तिनीहरू एकआपसमा
त्यसको लम्बाइ, चौडाइ र गहिराइको कुरामा
टाउको फुट्ने गरी लड्छन्।
आफ्नो भाँडाको दोष
कसले पो देख्न सक्छ र ?