भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सधैँ पाए हुन्थ्यो / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो गीतको भावसरि उनी छाए हुन्थ्यो
दाहिने हात शिरमाथि सधैँ पाए हुन्थ्यो
 
दुःख पनि मीठो बोल्छ रुन हुन्न जस्तो
उनको गीतको मर्म हुन्छ शीतल जून जस्तो
मेरो गीतको हरफमाथि डिको छाए हुन्थ्यो
दाहिने हात शिरमाथि सधैँ पाए हुन्थ्यो
 
छाया पनि बोल्न थाल्छ उनले छोइदिए
कालोमैलो पखालिन्छ उनले धोइदिए
उनकै जस्तो सफा दिल सबले चाहे हुन्थ्यो
दाहिने हात शिरमाथि सधैँ पाए हुन्थ्यो !