भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपनाको बाँझो जग्गा / शैलेन्द्र साकार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सपनाको बाँझो जग्गा
म र तिमीभित्र ब्यूँझेछ
तर हाम्रो इतिहास
धर्तीमै छोडिएछ ।
प्रिया त्यसलाई पहिले इतिहासले भिजाउनुपर्छ
र ब्यूँझाउनुपर्छ
अब फर्कौँ फेरि पृथ्वीको गतिमा
त्यहाँ घडीका सूर्यहरू हत्तारिहाल्छन् नि,
अनि हामी सबै त्यहीँ ब्यूँझौँला-भिजाउन
सपनाको बाँझो जग्गा
इतिहासको न्यानो भूललाई प्रुफ हेरी