सबैले दिने उस्तै हुन्छ माया
तर म नौलो प्रित दिन्छु
तिमीलाई नै सम्झी सम्झी रचेको
मुटुभरिको चोखो गीत दिन्छु
भन्दिन म तिमीलाई
टिपेर आकाशमा जुन दिन्छु
बरु गीत आकाशमा सधैगुन्जिरहने
यहि गीतको मिठो धुन दिन्छु
भन्दिन म तिमीलाई
जिन्दगी भरिनै साथ दिन्छु
बरु मन आकाशमा सधैँ खेलिरहने
यहि गीतको न्यानो भाव दिन्छु ।