भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

समय मुर्दावाद / सुवास खनाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छाला उद्योगको चिम्नीबाट निस्केको धूवाँ
मेरै पसिनाको बाफ हो
त्यसैले तिमी भनिरहेछौ
यसले आकाश मैलो बनाउँछ ।

ओई साहू !
एक सय पेस्की नदिएको झोकमा तीन सयको उधारो रक्सी खाएछु
अब भन
तिमी कि म दोषी ?
हेर यी ठेला हातका
हस्तरेखाहरू बसाइँ गएछन्
भाग्य तिमीले खोसेका छौ ।

तिम्रा चिल्ला बोलीहरूमा चिप्लेर
छानबिन आयोगका फाइल बग्छन्
तिम्रा नवीन जुक्तिहरूमा उफ्रिँदै
बि्रफकेसमा मजदुरका हकहित बिक्छन् ।

ओई साहू !
हाम्रो आवाजमा ताल्चा ठोकेर
तिम्रो गाडीमा साइरन बज्छ
हाम्रो मुटुमा कीला रोपेर
तिम्रो मौसमी खेतमा पैसा उमि्रन्छ ।

एक सय, दुई सय, पाँच सय
यी सबैले चोकमा
जब फुक्नेछन् सिटी
तिम्रो गाडीको साइरन मलिन सुनिनेछ ।

जब यी सबैको अनुहारमा
ब्यूँझेर अनौठो साहस
जोडजोड धड्किनेछ मुटु
फिक्का सुनिनेछ तिम्रो उद्योगको
इन्जिनले फ्याँक्ने आवाज ।