भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समय / ज्ञान उदास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सानो हातमा घडी
ठूलो हातमा घडी
समयको ज्ञान दिने
सबैको हातमा घडी ।

सानो होस् ठूलो होस्
घडीभित्र सूई घुम्छ
सेकेन्ड अनि मिनेट हुँदै
अर्कोले घण्टाको सङ्केत दिन्छ ।

साठी सेकेन्डको एक मिनेट
साठी मिनेटको एक घण्टा
यसरी नै उड्दै जान्छ
हाम्रो जीवन-चङ्गा ।

चौबीस घण्टाको एकदिन
सात दिनको एक हप्ता
जानी राखौँ बुझि राखौँ
नत्र पछि परिन्छ मित्र ।

तीस दिनको एक महिना
बाह्र महिनाको एक वर्ष
जीवन छँदै बाँड्न सिकौँ
हाम्रो दुःख र हाम्रो हर्ष ।

त्यसैले सम्झ भाइबहिनी
समय त्यसै पाइँदैन
आजको काम भोलि नभनौँ
बगेको खोला र्फकँदैन ।