Last modified on 29 जुलाई 2016, at 22:31

सम्हालिन त खोज्दछु / सुमन पोखरेल

 
सम्हालिन त खोज्दछु, चारै पहर चर्कन्छु
के भो यस्तो मलाई, भई खण्डहर भत्कन्छु

उज्यालो ल्याउन सक्दैन आँसुको तातो छुवाइले
यो मन झनै बिथोल्छ भित्ताहरूको रुवाइले
चिसा-चिसा रातसँगै प्रीतको रहर ब्यूँझन्छु
ओस लागेका बिहानझैँ मायाको पहार पर्खन्छु

चहर्‍याउँछ नशाभित्र, आफ्नै रगतको बगाइले
मलाई नै पोल्दछ मेरो निश्वासको बहाइले
आगोजस्तो जीवनको भएर मझधार बग्दछु
जीवनका प्रत्येक पल मृत्युको सङ्घार टेक्दछु