भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सलेदो बाली बल्दैन बत्ती तेल पनि चाहिन्छ / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उज्यालो

सलेदो बाली बल्दैन बत्ती तेल पनि चाहिन्छ
बनन ज्योति बाटामा खुला आकाश पाइन्छ
 
खुम्चेर बस्छ्यौ छातीको भित्र उज्यालो थुनेर
नमिठा धेरै चिन्तनाहरू मनमा गुनेर
आफैले थुने खुल्दैन बाटो बढ्दैन अगाडि
जमेर बस्छ्यौ सक्दिनौ चल्न अगाडि पछाडि
 
भालेको डाँकले धर्तीमा ल्याउँछ उज्यालै उज्यालो
त्यो बेला भन यो धरामाथि काँ हुन्छ अँध्यारो
भ्रान्तिको खेती नगरी कठै ! नपारी बर्बाद
गरे त हुन्थ्यो उर्वर तिम्रो जीवन आवाद ।