भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सलेदो हुँ म डढेरै जान्छु रोक्दिनँ आरति / गीता त्रिपाठी
Kavita Kosh से
अँध्यारो
सलेदो हुँ म डढेरै जान्छु रोक्दिन आरति
देख्दिन कोही यो धर्ती हाँक्ने उज्यालो सारथी
कसरी सोचूँ आवाद हुन्छु म यस्तो घाउमा
बिझेका काँढा खिल भै उठ्छन् यी मेरा पाउमा
औँसीकै रातमा छातीको ज्वार झन् माथि उठ्दछन्
साउने कालो व्यथाको मूल गहमै फुट्दछन्
अनन्तदेखि आँसुमा डुबेँ, आँसुमै जिउँछु
अमृत भनी दिएको विष म अझै पिउँछु
लिएरै जान्छु दुःखका रीत लुकाई पोल्टामा
अँध्यारो जति बाटेर लान्छु म मेरै चुल्ठामा ।