भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझमुनि / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कस्तोकस्तो साँझमुनि त्यो कथाको शुरूवात
मौनमौन धरतीमाथि हावाको तातो हात

छातीभित्र मच्चिएको त्यो कस्तो हलचल
मौनताले बिथोलेको त्यो कस्तो खलबल
दीयो बलेका नजरहरू मिल्थे केही पल

पयरमुनि धरातल नै भइरहेको ढलपल
हत्केलाको पातमाथि चाहनाको सलबल
गहिरिँदो साँझ पनि अडिएथ्यो अचल