भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साधु सन्तहरुका उपरमा विनय / उमानाथ शर्मा पोख्रेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नङ्गा भयेर चिमटा लिइ केश पाली ।
माला झुलाई घरि भस्म बनी कपाली ।।
घुम्छौ कुनै भनदछौ पनि हौ विरागी ।
छौ किन्तु हामि अहिले विषयानुरागी ।।१६८।।

देखाउँ आसन अन्क बनेर भक्त ।
पैसै महाँछ तर योमन सानुरक्त ।।
निक्लिन्छ “राम” मुखबाट छचित्त शून्य ।
हाराम ! त्यो गति भयो अहिले जघन्य ।।१६९।।

छोडीसक्यौ घर जहान सबै प्रपञ्च ।
हे साधु हो ! किन तथापि लिदौन सञ्च ?।।
अत्यन्त योग्य शुभ मार्ग लियौ तथापि ।
पीछा छँदैछ गतिरोधक लोभ पापी ।।१७०।।

क्या बात साधु जन हो ! नर जन्म पाई ।
गर्नू गर्यौध अबहुनेछ दिगोभलाई ।।
किन्तु प्रपञ्चतिरनै मन लाई तान्ने ।
तृष्णा छँदैछ सँगमाहटनै नमान्ने ।।१७१।।

अत्यन्त दुःख कर झंझट लातमार्यौ् ।
हो भाग्य धन्य तर इन्द्रिय-शत्रुसैन्य ।
जागाहुँदा अलिकती मनमाछ दैन्य ।।१७२।।

जुन्पाँउँला भनि सधैं परदोछ लूट ।
पसरीरहेछ जसमा जनता अटूट ।।
हो उच्चशक्ति उस देखि हुनू फरक्क ।
किन्तु स्पृहाउँहिंहुंदा परिंदो छ छक्क ।।१७३।।

राम्रो ठुलो झिलिमिली घर सम्झियेनौ ।
स्त्री पुत्र ग्राम्य सुख मा मननै दियेनौ ।
कस्तो विलक्षण परिग्रह धन्य काय ! ।
किन्तु प्रसक्त छ सुखैतिर चित्त हाय ।।१७४।।

राम्रा अमूल्य कपडा तृणतुल्य मान्यौ ।
निर्वस्त्र धूसर हुनूकन मोज ठान्यौ ।।
कस्तो विचित्र मनहो, तर हाय दैव ! ।
खिच्दोवछ दुष्ट विषयब्रजले सदैव ।।१७५।।

वारीन खेत न त गोमहिषादि जन्तु ।
छन् दुःखदायक परिग्रह यी, परन्तु ।।
झोली लँगौटि चिमटाहरु माथि फिक्री ।
उत्ती खनिन्छ नडगीकन मोह शिक्री ।।१७६।।

अत्यन्त मोहक परिग्रहजन्य दैन्य ।
सद्बुद्धि-नाशक तपोहर बिघ्न छैन !।।
छौ लौ असङ्ग मुनि हो तर हाय बाधा ! ।
सर्वत्र चित्त वसि देह हुँदोछ आधा ।।१७७।।

हेसाधु सन्त जन हो ! सुनमा सुगन्ध ।
हुन्थ्योकि ई टुटिदिये भवगाढ बन्ध ।।
भन्ने विषादयुक्त आशत हो लियेको ।
मान्दै नमान्नु अरुदोष कुनै दिये को ।।१७८।।

पाऊँ क्षमा लिनु हवोस दया ममाथी ।
हूँ नित्यसेवक म दुःखीत एक साथी ।।
आसक्ति दोष घर बार विषे जघन्य ।
मेरा छ त्यो अब हवोस समूल शून्य ।।१७९।।

हे पुण्य भाजन महाशय हो मलाई ।
आशीष् मिलोस भवसागर तर्न लाई ।।
हाँकेर नित्य गफ गन्थन मात्र धेर ।
होसै नपाइ मदले म नजाँउ खेर ।।१८०।।