भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सानु शर्मा / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सानु शर्माको सङ्क्षिप्त परिचय (नेपाली)

सानु शर्मा नेपाली भाषाकी कथाकार, उपन्यासकार कवि, तथा गीतकार हुन् । आफ्नो लेखनका माध्यमबाट नेपाली साहित्यमा स्पष्ट पहिचानसहित उपस्थित शर्माका कथा तथा उपन्यासका करिब एक दर्जन पुस्तक प्रकाशित रहेका छन् ।

काठमान्डौको थापालथलीस्थित प्रसूति गृहमा जन्मिएकी सानु शर्मा नेपालका पहाड, तराई र काठमाडौँमा बराबरीजस्तो गरी हुर्किएकी हुन् । हाल अस्ट्रेलियामा रहेर सिर्जनारत शर्मा पेसाले नर्स हुन् ।

मूलतः उपन्यास र कथा लेख्ने सानु शर्माका कविता, गीत, र गजलहरू पनि प्रकाशित छन् । उनको पहिलो उपन्यास अर्धविराम वि.सं. २०६० मा प्रकाशित भयो । दोस्रो उपन्यास जीतको परिभाषा वि.सं. २०६६ मा र तेस्रो उपन्यास अर्थ वि.सं. २०६७ मा प्रकाशित भए । उनको चौथो उपन्यास विप्लवी वि.सं. २०७४ मा काठमाडौँ स्थित फिनिक्स बुकबाट प्रकाशित भयो ।

वि.सं. २०७४ मै 'विप्लवी' प्रकाशित भएपछि, सानु शर्माले आफ्नो पाँचौँ पुस्तक र पहिलो कथासङ्ग्रह एकादेशमा साँग्रिला बुक्स मार्फत् प्रकाशित गराइन् । यो कथासङ्ग्रह एकादेशमा चर्चित भयो र वि.सं. २०७४ का लागि मदन पुरस्कारका लागि मनोनयन पनि गरियो ।

सानु शर्माको पाँचौँ उपन्यास उत्सर्ग र छैटौँ उपन्यास फरक क्रमशः वि.सं. २०७७ र वि.सं. २०७८ मा साँग्रिला बुक्सबाट प्रकाशित भए । शर्माको आठौँ पुस्तक तथा सातौँ उपन्यास ती सात दिन' २०८० साल भदौमा रत्न पुस्तक भण्डारबाट प्रकाशित भयो । शर्माले २०८० साल चैतमा प्रकाशन संस्था ‘फाइन प्रिन्ट’बाट ‘अर्को देशमा’ शीर्षकको उनको दोस्रो कथासङ्ग्रह प्रकाशित भएको छ ।

कविता, गीत र गजलमा पनि कलम चलाउने शर्माका बीसवटा गजलहरू कैफियत २ शीर्षकको संयुक्त गजलसङ्ग्रहमा प्रकाशित छन् । उनका कविताहरू नेपालका साथै अन्य भाषामा अनूदित भइ विभिन्न ठाउँबाट प्रकाशित भएका छन् ।