भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिँहशमशेर र चीरहरण / महेश प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सबैलाई थाहा छ
सत्य निर्वस्त्र हुन्छ ।

त्यो सत्य
आजकी द्रौपदी हुन्
ती द्रौपदी निर्वस्त्र छैनन् ।

मणिमाणिक्य
हीराजवाहरात
वस्त्र आभूषण
इत्यादिले सजिएकी
द्रौपदीलाई
चौतर्फी चीरहरण गर्न
१ सय १ दुर्योधनहरूले सकेनन्
शक्तिशाली
पञ्चपाण्डवहरूले सकेनन् ।

कुन्नि यो जंगी कार्यसूचीमाथि
छलफल गर्न
उत्तराधिकारी
६ सय १ पुगेका हुन् कि !

के तिमीलाई थाहा छ ?
सिंहशमशेरको
ग्यालेरी बैठकमा
यी द्रौपदीको
चीरहरण गर्न
कुनै गुरुयोजना तयारी हुँदैछ ।