भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुधा एम. राई / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कवि सुधा एम. राई - सङ्क्षिप्त परिचय

कवि सुधा एम. राईको जन्म सन् १९६८ मा भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्ला स्थित खरसाङमा भएको हो । कवि, कथाकार तथा अनुवादकका रूपमा सकृय राईका रचनाहरू अङ्ग्रेजी एवम् जर्मन लगायत भारतका विभिन्न भाषाहरुमा अनूदित एवम् प्रकाशित छन् ।

कवि राईका चार कवितासङ्ग्रह फूलको यौवन फुलैसित जोड (१९९५), विरोधाभास (२०००), पदचिह्न (२००७), भूमिगीत (२०१३); एक कथासङ्ग्रह समाधानहीन पाइलाहरू (१९९९); तथा भारतीय कविताहरू (२०२१) (भारतका विभिन्न भाषाका कविताहरूको नेपाली अनुवाद), जर्मा (२०११), (फेदेरिको गार्सिया लोर्काको नाटककको नेपाली अनुवाद), तिमीलाई (२००५) (खलील जीब्रानका प्रेम पत्रहरूको नेपाली अनुवाद) प्रकाशित रहेका छन् ।

कवि राईले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुभाषिक काव्यसम्मेलनहरूमा आफ्ना कविताहरू प्रस्तुत गरेकी छन् । उनको कविताको पञ्जावी अनुवाद भारतको दिल्ली विश्वविद्यालमा एम. ए. पञ्जाबीको सिलेबसमा समाविष्ट रहेको छ ।

कवि राई स्रष्टा पुरस्कार; भाइचन्द प्रधान स्मृति पुरस्कार; कमला आँसु स्मृति पुरस्कार डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मानहरूबाट विभूषित भएकी छन् ।

कवि सुधा एम. राई हाल भारतको सिक्किम राज्यको राङ्कामा रही सिक्किम सरकारको शिक्षा विभागमा कार्यरत छिन ।