भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुनाऊँ अहिले कसैलाई कसरी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुनाऊँ अहिले कसैलाई के गरी
केके भएकोथ्यो मलाई रातभरि

केकेले झस्केको, आधारातमा ब्यूँझेको
आँसु सबै सकिएर सुस्केरा पिएको
लुकाएर राखेका सपनाका भारी
सुनाऊँ अहिले कसैलाई के गरी

कसरी म मरेथेँ, केही नै देखिनँ
रातले भनेन, अरूलाई सोधिनँ
बनाएँथेँ मैले उज्यालो कसरी
सुनाऊँ अहिले कसैलाई के गरी