भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सूक्तिहरु / लक्ष्मीदत्त शर्मा पन्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हे हैदर् तँ नगर् घमण्ड रत्तिभर् भन्दै थिये तैपनी
यौवनका मदले नटेरि नसुनी उस्सै छकायौ अनी ।
यौवन् ता बढि गैगयो र रुपको सार्है फजीती लियो
सेखीका फुलले फुलेर अहिले आफैं दगामा पर्यौ ।।१।।

मुखको नूर कपूर झैं उडिगयो स्तन थिलथिला भै गये
रोगन् फेरिनगो सकल् सडिगयो थोरै अडी गैगये ।
हाँसोमा हिसि छैन कम्बर पनी सारै फुली फैलियो
हैदरको अब गर्छ कुन् जन कदर हा ! चन्द्रमा मैलियो ।।२।।

के हीडयौ तिमि पीठ दियेर यसरी दुश्मनसरीकी भयौ
रीसायौ तिमि कीन प्यारि ! मउपर् हेर्दै नहेरी गयौ ।
फर्की हेर म छू पछी पछि लुरु लुरु हिडेको भ्रमर
बोल्दीनौ यदि सुन्दरी ! तिमि भने दीयेर जानु नगर् ।।३।।

मेरो यो मनलाइ व्यर्थ तिमिले खोसी लग्यौ के गरुँ
जोती पुग्न गयेन के भनुँ म ता लत्रन्छु उस्सै बरु ।
यो विन्ति मनिले गरयाँ जब तहाँ तिन्ले त हाँसी अती
यो आशा तिमिमा छँदैछ मकनै आशा नमारे रती ।।४।।

पोशाक् लाइ अतर् गुलाफहरु घसी बैठकविपे डुल्दथिन्
आये नायक पान खाइ बिचमा क्यै वात सोद्धी भयिन् ।
कस्ले टोकिदिंदा रगतमय भयो मुख् तिम्रि जस्सै भनिन्
तिम्ले टोकिदिंदा त हो नि कहँदा ती नाजवाफ् भैगयिन् ।।५।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)