भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सूनकोशीको बगर बगर / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



सूनकोशीको बगर बगर
पैतालाको छाप छोडेँ
खबर केही नछोडेर
दुनियाँको नाता तोडेँ
 
जूनको शीतल अरूलाई मलाई पोल्ने राप भयो
सङ्लो पानी अरूलाई मलाई डुब्ने श्राप भयो
धेरै टुक्रा भा'को जीवन मृत्युसम्म ल्याई जोडेँ
खबर केही नछोडेर
दुनियाँको नाता तोडेँ
 
पीरहरू बिर्सिएर धेरै चोटि फर्किहेरेँ
बाँकी खुसी निचोरेर एउटा आश पर्खिहेरेँ
बाँझो रे'छ मेरो विश्वास नाभो जीवन व्यर्थै गोडेँ
खबर केही नछोडेर
दुनियाँको नाता तोडेँ