भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सूर्य / बी.ए. सनादी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भन्छन्,
पश्चिमतिर अस्ताउँछ सूर्य
पूर्वमा उदाएर।
त्यो किन उल्टो गर्छ
वा
के सूर्य साँच्चै नै उदाउने र अस्ताउने गर्छ?
ठोकुवा गर्न सक्तिनँ म
के तपाईँ सक्नुहुन्छ?

परजीवी प्राणीजसरी
टाँसिएर पृथ्वीमा
घुमिरहन्छौँ हामी
सूर्यका वरिपरि
केही ख्यालै नगरी ।
वास्तवमा को घुमिरहेछ
हामी वा सूर्य?
सत्यलाई नारामा पोको पार्छौँ हामी -
हामी सूर्योदयको साक्षी बन्छौँ सखारै
त्यसैले सूर्यास्त हुनु कुनै आश्चार्य लाग्दैन ।

दिन उदाउनु र दिन अस्ताउनु
खोलाहरू, नदीहरू र समुद्रका पानीहरू,
रुखहरू, झारहरू, फलहरू र फूलहरू
सबै शिष्टतापूर्वक मुस्काउँछन् सूर्यलाई देखेर।
तर मनग्ये उज्यालो हुँदा पनि
किन अँध्यारो अनुहार लागाउँछौँ हामी चाहिँ?
किन हामी खिन्न हुन्छौँ
सूर्य अस्ताएपछिको अँध्यारोमा?
के आफ्नो योग्यता नाप्न नसकेर
सत्यलाई भेट्न डराएका हौँ हामी?