भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सृष्टिको दियो / पोषण पाण्डे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लडाइँ त देव–दानवको थियो
लडाइँ त समुद्र–मन्थनको थियो
लडाइँ त अमृत–हलाहलको थियो।

किन त्यो फिरन्ताले
जानाजान
हलाहलजति सप्पै आफैले पिउनुपरेको... ?

किन त्यो फिरन्ताले
डाह खप्न नसकी
पहाडको टुप्पा–टुप्पा भौँतारिनुपरेको... ?

किन उसले नाङ्गिनुपरेको
त्यतिका जवाहरातले जडेका
तासका पोसाकहरू छँदाछँदै पनि... ?

ल हेर—
अहिलेसम्म पनि मानिसहरू
उसको माथमा
घडाका घडा पानी चढाउँदैछन्—
“हरहर महादेव
हरहर...”

तर, के उसको डाह शान्त नहुन्जेल
सृष्टिको दियो बलिरहनेछ त ?