Last modified on 22 अगस्त 2020, at 15:33

सेतो पर्दा / महसती शाहरोखी / सुमन पोखरेल

एउटा सेतो पर्दा झ्यालनिर,
सरक्क तानिएको छेउतिर।

एउटी केटीका रातबाट ब्यूँझिएका आँखा
चरालाई चारो छर्न
बिरुवालाई मलजल गर्न
र फैलाउन करुणालाई ।

प्रेमको एउटा फोहरा
चारैतिर शीतका सग्ला थोपा,
सानो रातो माछो
शान्तिपूर्वक
नाच्दछन् वसन्तको नाच,
र दलानमा मुस्काउँछ चेरीले भरिएको डालो
शीतका टल्किरहेका थोपालाई सुम्सुम्याउँदै
मन्दमन्द चलेको शीतल बताससँग ।