भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सेविका र उनकी मालिक्नी / ल्याङ्ग्स्टन ह्यूज / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म एउटी महिला कहाँ काम गर्ने गर्थेँ
ती छुच्ची त थिइनन्‌ -
तर मैले उनको बार्‍हकोठे घर सफा गर्नुपर्थ्यो ।

ब्रेकफास्ट बनाउनु पर्थ्यो
रातको र दिउसोको खाना पनि बनाउनु पर्थ्यो
सँगसँगै उनका केटाकेटीको स्याहार गर्नुपर्थ्यो ।

कपडा धुनु, स्त्री लगाउनु, बढार्नु
कुकुरलाई डुलाउनु –
मेरो ढाडै भाँचिने
खपिनसक्ना कामहरू थिए ।

मैले भनेँ, मालिक्नी,
के तपाईँले मलाई
खच्चर घोडा बनाउन खोज्नु भएको हो ?

उनले आफ्नो मुख खोलिन।
भनिन्, हैन हैन !
तिमीलाई थाह छ, अलबेर्टा
म तिमीलाई कति धेरै माया गर्छु ।

मैले भनेँ, मालिक्नी,
त्यो त हो –
तर मैले तपाईँलाई माया गरेँ भने त
म अभद्र कहलिहाल्छु नि ।