भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्थायी शान्ति-सौन्दर्यले यिनलाई धिक्कार्दैछन् / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाउँ
 
स्थायी शान्ति-सौन्दर्यले यिनलाई धिक्कार्दैछन्
ठीकै भन्यौ सभ्यताको रूप बिगार्दैछन्
 
धर्ती एउटै, आकाश एउटै, चन्द्र-सूर्य एउटै
बाटो एउटै, लक्ष्य एउटै, खुसी पनि एउटै
तर टुक्रा पार्न खोजे देश पापी मनले
हिर्काएर सौन्दर्यमा विकृतिको घनले
 
ढोका खोली अँध्यारोमा ज्योति फ्यालिदिऊँ
अँध्यारोलाई उज्यालोले धप्प बालिदिऊँ
न्याय अनि समानताको मीठो गीत गाई
अन्यायी र आततायी मुहान टालिदिउँ ।