भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वदेशको माया / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मन नलागीनलागी
कसैको पनि बनोट वा बुद्धिको तारिफ गर्नु
वा कसैलाई राम्रो भन्नु
चाकरीको सङ्केत हो
त्यसैले पनि स्वदेश
तिमीलाई माया गर्छु भनी अहिले भन्नुपरे
म आपूmलाई चापलुस भएको अनुभव गर्दछु ।

एउटा औपचारिकता हो, माया गर्छु भन्नु तिमीलाई
र त्यो औपचारिकताको औचित्य किन र केका लागि ?
यो होडबाजीको युगमा
म जब दौडिरहनु परिरहेछ आवश्यकताहरू भेट्न
यी अँध्यारा गल्लीहरूमा
म जब बिउँझ्रिहनु परिरहेछ आँखाहरू खोल्न
यो दायरा र परिधिको संसारबाहेक अरू त सोच्नै सक्दिनँ म,
अहिले त म सोच्दैछु
केवल आवश्यकताहरू भेट्न
आँखाहरू खोल्न र परिवर्तन गर्न ।

तर, जबजब म टाढा हुन्छु स्वदेशबाट
जबजब म हेलिएको हुन्छु लाहुरतिर
मेरो देशप्रेम
लालीगुराँस भएर रातै फक्रेको हुन्छ
मलाई स्वदेशको मायाले आधा जीउ पारेको हुन्छ ।