Last modified on 20 अगस्त 2020, at 19:27

स्वर्णीम प्रेम / अन्ना स्विर / सुमन पोखरेल

साठ्ठी वर्षकी भइन्‌ उनी।
 
जीवनकै सर्वाधिक स्वर्णीम प्रेममा निमग्न छिन्‌
उनी यसबेला।
 
हातेमालो गर्दै हिँड्‌छिन्‌
आफूले सर्वाधिक प्रेम गरेकासँग।
बतासमा उड्दछन्‌ उनका केश।
उनका प्रेमी भन्छन्‌-
"तिम्रा केश त मोतीजस्ता चम्किला छन्‌।"
 
उनका छोराछोरी भन्छन्-
"बूढो मूर्ख्याइँ।"