भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हङकङ पोखरा / सरुभक्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिउँ त हैन फाप्रेको डङ्गुर
माया भयो अमिलो अङ्गुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?
बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त होइन ढुङ्गाको छपनी
आँउला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?
भीरको सुरी भीरबाट सर्दैन
जहाँ गए नि यो माया मर्दैन
मन त हैन रुखको त्यो डाली
माया तिमी रेशमी कि जाली
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?