भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हतास लाग्थ्यो / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

देख्नमा ऊ साह्रै हतास लाग्थ्यो
जिन्दगीसित थियो कि ऊ निरास लाग्थ्यो

ओठमा खेल्थ्यो मुस्कान कहिलेकाहीं
आँखा तर किन हो उदास लाग्थ्यो

देखेर उसको हालत आफैंलाई पनि
जिन्दगी एकदमै बकवास लाग्थ्यो

एउटा चरा उडेर के गयो भर्खरै
कस्तो‍-कस्तो मलाई त्यो आकाश लाग्थ्यो

बीच सफरमै जब मोडिन् तिमले बाटो
नगरूँ अब कसैमाथि विश्वास लाग्थ्यो