Last modified on 16 जुलाई 2017, at 09:11

हराएको छु अचेल आफ्नै इच्छाहरु माझ / राजेश्वर रेग्मी


हराएको छु अचेल आफ्नै इच्छाहरु माझ
धेरै दिनमा बल्ल एउटा गजल लेखें आज

छोपेर अङ्गहरु छोडेका छने मान्छे हिंड्न
बचाएरै राख्नुपर्छ तिमी, हामीले लाज

खै, कहाँ पुग्ने होला यात्रा अझै टुङ्गिएन
गुमायौं कि बाटो हेर, भइसक्यो साँझ

मनभित्र खोजी हरें, आँखाभित्र खोजी हेरें
सकिन बुझ्न तिमी मसँग हराउनुको ‘राज’