भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हरे ! कति बिध्न कविता ? / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बिनसित्तिका शब्दहरू पोको पारेर
बनाउनु पर्ने थिएनन्
उखानहरू ।

नुहाउनेलाई भन्दा हेर्नेलाई लाज भने पनि हुँदो हो
नुहाउनेको भन्दा उभिएर हेर्नेको बेईज्जत भने पनि हुँदो हो ।

यो कवितैकविताले भरिएको बजारमा
किन यस्तो दुर्गति कविताको?

किन पोखिन्छन् शब्दहरू असरल्ल बाटाभरि ?
किन यसरी भिज्दछन् विम्व, प्रतीक र रूपकहरू?

शोकेशभरि
बाटाभरि
दराजभरि, ह्याङ्गरभरि, ड्रयरभरि
कोट र टाईहरू;
बालुवा, गिट्टी, टायर र हर्नहरू
माधुरी, मधुवाला, मात्तिएका गोडा र रक्सीहरू;
साडी, पेटीकोट र चुराहरू
पेन्टी र ब्रेसियरहरू, लिन्जेरीहरू
करेलो र तरबुजाहरू ।

अहो !
कति बिघ्न कविताहरू !