भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हरे बुद्धि ! / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चरित्र के छ मान्छेको ? के हो मान्छे यथार्थमा ?
अन्तस्करणमा के छ ? के छ अन्तर स्वार्थमा ?

प्यारो भन्दछ ऊ कैले सिद्धान्त, नीति भावना,
प्यारो ठान्दछ ऊ कैले भाषा, संस्कृति साधना

प्यारो हो ‘ममता’ भन्दा ‘राष्ट्र’ प्यारो भनाउँछ
टुक्रार्ई कहिले ‘राष्ट्र’ छिन्न भिन्नै बनाउँछ

राष्ट्रका आँसुमा खेल्छ चुसेर राष्ट्रकै खुन
मासुका भागचैं बाँड्छ हड्डीका बाँसुरी धुन

जंगली पशु हो मान्छे व्यर्थ हो सभ्यता, विधि
मान्छे नै खान्छ मान्छेले के राष्ट्र के र सम्पति

पार्टी, आदर्श, सिद्धान्त, व्यवस्था, नीति घातले
भयो आक्रान्त नेपाल आज यो जात पातले

(जातिगत झगडाले संविधान सभा तुहिँदा)