भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हामीभित्रको स्थिति / पवन चामलिङ ‘किरण’
Kavita Kosh से
केही छैन यी निर्धारातहरूमा
छोडेर आशा र भरोसाका सपनाहरू,
यी पनि—
रातजस्तै झूटा र पापी छन्
सपना मात्रै जन्माउने निर्धा रातहरूमा
वास्तवमा असङ्ख्य बिपनाहरूको
निर्मम हत्या भएको छ,
यसैले निर्धा बैँसहरू बोकेर
दिनहरू बिपनाको खण्डहर भएको छ ।