Last modified on 3 मई 2020, at 12:20

हाम्रो सूनको समय / गीता त्रिपाठी

हाम्रो सूनको समय आँसुसँग साटियो
थाती राख्दा सपना त्यसै मासियो
नपुगेर हो कि कतै न्यानो घामको राप
श्राप भयो जीवन यो दुःख काटियो
 
रगतले भिजे पनि चिसै रह्यो छाती
अस्तित्वकै सङ्कटमा पर्‍यो हाम्रो जाति
हेरी निल्नु पर्ने थियो सानो घाँटी यो
श्राप भयो जीवन यो दुःख काटियो
 
सहरको बाटो हिँड्न गाह्रो भा'को बेला
देउरालीमा नखोजे है सारङ्गीको भेला
लाँकुरीको शीतल हाँगा पनि छाँटियो
श्राप भयो जीवन यो दुःख काटियो