भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हिँड्याको हामी ता दुई जना / श्याम तमोट
Kavita Kosh से
हिँड्याको हामी ता दुई जना
देख्नुलाई राम्रो देश ।
हामीले बाटो खोई भन्दा
कोही कोहीले आर्कै बतायो
साँचु ता आबो थाहा भो
हामीलाई ढाँट्ने फटाहा हो ।
हेर्दामा हामी यस्तो छ
कपटी कुरा ता जान्दैन
हामीलाई ठगने जालीको
कुरा ता मान्दै मान्दैन ।
बाटो ता हाम्रो लामो छ
नपुगी हामी ता हारदैन
गरीब ठगने पापी रीत
खत्तम नपारी छाडदैन ।