भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिउँदको घाम बनोस् / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
हिउँदको खोला हिउँदको पानी
हिउँदको घाम बनोस् हाम्रो जिन्दगानी
 
प्रभातको लाली छाओस् मनको मझेरीमा
सहारा भै दीप पुगौँ दिनको अँधेरीमा
जता जाऊँ त्यतै छाओस् सूनको बिहानी
हिउँदको घाम बनोस् हाम्रो जिन्दगानी
 
जुनेलीमा शीत मेटोस् धरतीको प्यास
हामी बनौँ भीरपाखा, कन्दराको आश
माया बगोस् छातीभित्र अविरल खानी
हिउँदको घाम बनोस् हाम्रो जिन्दगानी