भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिमालसरी म अग्लिरहेछु / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


युवक -
हिमालसरी म अग्लिरहेँछु
समात समात समात मलाई

युवती -
बादलसरी म पग्लिरहेँछु
सम्हाल सम्हाल सम्हाल मलाई

युवक -
यी तारा कति छन् म गन्न सकूँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पीपल अँगालेर बस्छ
तिम्रो मेरो साइनो त्यतैतिर खोज, त्यतैतिर सोध

युवती -
दुलहीसरी म रङ्गिरहेँछु,
उचाल उचाल उचाल मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

युवती -
म खोली बनेर सुस्तरी आउँला
तिम्रो सागरमा केही ठाउँ देऊ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमीमै समेटिन देऊ, समेटिन देऊ

युवक -
आकाश सरी म फैलिरहेछु
अँगाल अँगाल अँगाल मलाई

युवती -
म बादल सरी पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

युवक -
हिमाल सरी म अग्लिरहेछु
समात समात समात मलाई

युवती -
म बादल सरी पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई