भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हेमन्तको सिरेठोमा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हेमन्तको सिरेठोमा मुटु कमाउँदै
परेलीका गह थुनी पानी जमाउँदै
भासिएर गहिराइमा जीवन पुग्न लाग्यो
क्षितिजपारि बादलमा जीवन डुब्न लाग्यो
 
ओठभरि थकाइको सुस्केराले छाई
बोझ लाग्यो आफ्नो जीवन आज आफैँलाई
दोसाँधमा अल्झिएर जीवन बित्न लाग्यो
क्षितिजपारि बादलमा जीवन डुब्न लाग्यो
 
वसन्तको बहारभित्र नदेखिने बह
फुट्न खोज्छ छातीभित्र वेदनाको दह
जिन्दगीको अर्थ पनि उल्टो लाग्न थाल्यो
क्षितिजपारि बादलमा जीवन डुब्न लाग्यो
 
फूलजस्तो सोच्थेँ जीवन काँढा बन्यो आज
कसिङ्गर बन्नुपर्‍यो दुनियाँको माझ
विवशतामा पिल्सिएर जीवन सुक्न लाग्यो
क्षितिजपारि बादलमा जीवन डुब्न लाग्यो