भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हेर्दाहेर्दै कस्तो / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हेर्दाहेर्दै कस्तो भयो
तिम्रो र मेरो जिन्दगी
च्यातिएको चिट्ठी जस्तै
तिम्रो र मेरो जिन्दगी।
 
मेरो लागि त्यो छात्तीमा अझै केही माया होला
फलैँचाको वरिपरि अझै हाम्रो छाया होला
राखेको छु चोखो गरी कसम तिम्रो पनि
दोबाटोझैँ दुई दिशामा, छुटेर पनि जिन्दगी ।
 
एउटा मीठो घडी थियो, हुरी जस्तै उडी गयो
अजम्बरी मनको माला, बेघडीमा नै चुँडी गयो
न गल्ती थियो मेरो पनि न दोष थियो तिम्रो
एक हुनै सकेन यो, दुईको प्यारो जिन्दगी ।