भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"हुलाकघर–५ / / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 18: पंक्ति 18:
 
र भोग –  कसरी मर्दै जान्छ संवेदना ?
 
र भोग –  कसरी मर्दै जान्छ संवेदना ?
 
पल्टाऊ यी  अन्तरंग  कागजातहरू
 
पल्टाऊ यी  अन्तरंग  कागजातहरू
र  हेर –  ढल्दै गएका  तिम्रा  आस्थाका उचाइहरू,
+
र  हेर –  ढल्दै गएका  तिम्रा  आस्थाका उचाइहरू,
 
अनुभव गर  सीमा  मिचिँदाको अनुभूति
 
अनुभव गर  सीमा  मिचिँदाको अनुभूति
 
फेरि  सोध्नेछैनौ तिमी  कसैसँग
 
फेरि  सोध्नेछैनौ तिमी  कसैसँग
कसरी बेच्छ  मान्छेले असंख्य  टुक्र्याएर आफूलाई ?
+
कसरी बेच्छ  मान्छेले असंख्य  टुक्र्याएर आफूलाई ?
 
   
 
   
 
लाग्नेछ  तिमीलाई
 
लाग्नेछ  तिमीलाई
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छांै हामी  
+
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छौं हामी  
आंैसीको रातभन्दा पनि उदास छांै हामी  
+
औ‌शीको रातभन्दा पनि उदास छौं हामी  
 
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
 
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
सर्वथा  बेहोसीमा छांै हामी
+
सर्वथा  बेहोसीमा छौं हामी
  
 
आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै  
 
आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै  
दुख्ने समयको टिका थापिरहेछांै
+
दुख्ने समयको टिका थापिरहेछौं
र  भ्रमको जमरा  सिउँरिरहेछांै हामी,
+
र  भ्रमको जमरा  सिउँरिरहेछौं हामी,
  
चर्को स्वरले स्वदेश–गान बजिरहेको
+
चर्को स्वरले स्वदेश–गान बजिरहेको
त्यो रेडियोको भोलुम  कम गर
+
त्यो रेडियोको भोलुम  कम गर
 
र  कृपया
 
र  कृपया
नजिक  आएर उठाऊ
+
नजिक  आएर उठाऊ
  
 
कान्छीका यी नग्न  तस्बिरबाट
 
कान्छीका यी नग्न  तस्बिरबाट

15:16, 22 नवम्बर 2016 का अवतरण

बाइबलका मध्यपृष्ठ
इसाई पादरीका लिखित आशीर्वचन
र केही नग्न तस्बिरहरू
छरपष्ट छन् भुइँभरि

र छन् – संकटग्रस्त खाडीबाट
नानीहरूलाई पठाएका खेलौनाका आधी टुक्राहरू,

यहीँनेर उभेर हेर
र भोग – कसरी मर्दै जान्छ संवेदना ?
पल्टाऊ यी अन्तरंग कागजातहरू
र हेर – ढल्दै गएका तिम्रा आस्थाका उचाइहरू,
अनुभव गर सीमा मिचिँदाको अनुभूति
फेरि सोध्नेछैनौ तिमी कसैसँग
कसरी बेच्छ मान्छेले असंख्य टुक्र्याएर आफूलाई ?
 
लाग्नेछ तिमीलाई
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छौं हामी
औ‌शीको रातभन्दा पनि उदास छौं हामी
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
सर्वथा बेहोसीमा छौं हामी

आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै
दुख्ने समयको टिका थापिरहेछौं
र भ्रमको जमरा सिउँरिरहेछौं हामी,

चर्को स्वरले स्वदेश–गान बजिरहेको
त्यो रेडियोको भोलुम कम गर
र कृपया
नजिक आएर उठाऊ

कान्छीका यी नग्न तस्बिरबाट
हिक्क–हिक्क नमिठो आवाज
बगिरहेको छ छताछुल्ल परिवेशभरि ।