भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिमीले छोडेको शरीरअगाडि / ज्योति जङ्गल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने तिमीले छोडेको शरीर अगाडि / ज्योति जङ्गल पृष्ठ तिमीले छोडेको शरीरअगाडि / ज्योति जङ्गल...) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 4: | पंक्ति 4: | ||
|रचनाकार=ज्योति जङ्गल | |रचनाकार=ज्योति जङ्गल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=मुक्त समय / ज्योति जङ्गल |
}} | }} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} |
14:52, 4 जून 2017 के समय का अवतरण
अन्तिमपल्ट सास फेर्यौ्
तिम्रा आँखा छोपिदिएपछि
म आफ्नै मनको आगोमा सल्किएँ ।
शरीर छोडेर मेरै अगाडिबाट
कुन यात्रामा निक्लियौ अदृष्य तिमी
मान्छेको यो सुन्दर संसार
या खुद मलाई
देख्न सक्छौ कि सक्दैनौ तिमी ?
तिमीसँगै भाँचिएछ लोभको तगारो
निभेछ मायाको जलन
हतारले उठाएछ बास,
ती सुतेका ओठहरु
गलेका हातहरु
तिम्रो
लत्रेको शरीर अगाडि
नतमस्तक भए मजस्तै ।
जीवनको प्रकाशित सत्य
म पहिलोपल्ट नजीकैबाट छाम्दैथिएँ ..
सोचिरहेथेँ तिम्रै अप्ठ्याराहरु
थाहा पायौ कि पाएनौ
त्यतातिर हिड्ने बाटो
उड्ने आकास
या भासिने पातालका पत्रहरु ?
म तिमीले हिडेका
यहीका बाटाहरुमा छु,
र सोचिरहेछु
को होला बताइदिने
मृत्युको अनुभूति ?