भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"काँडाको जंगल / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

09:54, 27 मार्च 2018 के समय का अवतरण


सिगरेट छाड्न
कति कोसिस गरिसकें
लाग्न थालेको छ आजकल
मैले मात्र
सिगरेटलाई छाड्न खोजेर
के हुन सक्छ र !
सिगरेटले मलाई छाड्नै सक्दैन
एउटा दुइटा
अवरोधहरुलाई उसले पन्छायो
तर, त्यत्रो काँडाको जंगललाई
उसले सपनामा पनि फाँड्नै सक्तैन
जाउ, आफ्नो अन्त्यष्टी पर्खंदै गर ठाकुर !
अति गर्‍यौ
मान्छे अब सुत्नै सक्तैन ।