भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"चोर फूल / देवान किराती" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 35: | पंक्ति 35: | ||
आजकल | आजकल | ||
म खोजिरहेको छु | म खोजिरहेको छु | ||
− | + | फूलको बस्तीभित्र | |
हराएको मन | हराएको मन | ||
र चोर फूल । | र चोर फूल । | ||
</poem> | </poem> |
13:55, 22 जून 2020 के समय का अवतरण
फूलको बस्तीभित्र
मन हराएपछि
मन चोरिएपछि
आजकल मुटु दुख्न छाडेको छ ।
फूलका नरम धारहरूले
आजकल पनि बारम्बार
मुटु नचिरिरहेको त कहाँ छ र ?
तर मन नै चोरिएपछि
फूलको बस्तीभित्र
मुटु दुख्न छाडेको छ ।
उसले मलाई
एकचित्त नसोधेकी त हैन
“मन चोरिएपछि तिम्रो
के तिमी सपना देख्तैनौ
चोर फूलको ?”
मैले आँखामात्रै फर्काउँदा
ऊ आफैँ तर्किएकी थिई ।
साँच्चि नै मुटु दुख्नु त
पहिला मन पो दुख्नुपर्दो रहेछ ।
आजकल
म खोजिरहेको छु
फूलको बस्तीभित्र
हराएको मन
र चोर फूल ।